कार्यक्रममा नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सेनाले विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसबारे नेविसंघले देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए। “कोरोनाको बारेमा सचेतना प्रदान गर्न नेविसंघ देशभरका सम्पूर्ण विद्यालय र क्याम्पसमा पुग्छ’, उनले भने ।
