Press "Enter" to skip to content

प्रतिबन्धित देशबाट ६१ नेपाली काठमाडौंमा, खरिपाटीको क्वारेन्टाइनमा राख्ने तयारी

काठमाडौं– नेपाल सरकारले घोषणा गरेको प्रतिबन्धलाई उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६१ नेपालीलाई काठमाडौं विमानस्थलमा ल्याएका छन् । 

थाइ एयरवेज र एयर इन्डियाका विमानले ६१ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएका हुन् । यसरी प्रतिबन्धित देशबाट आइपुगेका नेपालीलाई अब खरिपाटीमा रहेको क्वारेन्टाइनमा राखिने भएको छ । 

यसअघि चीनको वुहान र अन्य विभिन्न सहरबाट नेपाल ल्याइएका बिद्यार्थीलाई त्यहाँ राखिएको थियो ।

सरकारले यसअघि यसरी विदेशबाट आउने विदेशी नागरिकलाई फर्काउने गरेको थियो । तर, यसपटक, दुबई, कतारलगायतका देशबाट नेपाली नै आएकाले सरकारले क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

पछिल्ला सम्बन्धित समाचार

  • गिरिजाबाबुको १०औं स्मृति दिवसमा मास्क र स्यानेटाइजर वितरण
    कार्यक्रममा नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सेनाले विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसबारे नेविसंघले देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए। “कोरोनाको बारेमा सचेतना प्रदान गर्न नेविसंघ देशभरका सम्पूर्ण विद्यालय र क्याम्पसमा पुग्छ’, उनले भने ।
  • शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा
    कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थाल्नुभएको…
  • गड्डाचौकी बाहेकका सबै सीमा नाका बन्द
    कञ्चनपुर, ८ चैत -कोरोनाको सङ्क्रमण रोक्नका लागि कञ्चनपुरका भारतसँग जोडिएका गड्डाचौकीबाहेकका सीमानाका बन्द गरिएका छन् । आवतजावतका लागि प्रयोग हँुदै आएका जिल्लाका ब्रम्हदेव, दोधारा चाँदनी,…
  • प्रतिबन्धित देशबाट ६१ नेपाली काठमाडौंमा, खरिपाटीको क्वारेन्टाइनमा राख्ने तयारी
    काठमाडौं– नेपाल सरकारले घोषणा गरेको प्रतिबन्धलाई उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६१ नेपालीलाई काठमाडौं विमानस्थलमा ल्याएका छन् ।  थाइ एयरवेज र एयर इन्डियाका विमानले ६१…
  • कोरोनाभाइरस कुन सामानमा कति बाँच्छ?
    विश्वभर महामारीको रूपमा कोरोना भाइरस फैलिएको छ । भाइरस फैलिएसँगै हामीलाई सामान छुन पनि डराइमर्नु भएको छ ।  संसारभर मानिसले नयाँ अभ्यास सुरू गरेका छन्…

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *